मुम्बई । बलिउड अभिनेत्री तथा आइटम डान्सर मल्लिका शेरावतले गोप्य ढंगबाट बिहे गरेकी छिन् । उनले आफ्नो प्रेमी साइरिल आकजेनफेन्ससँग पेरिसमा बिहे गरेकी हुन् । दुई दिनअघि गोप्य ढंगबाट बिहे भएको उनका बाबु मुकेश लाम्बाले बताएका छन् । मल्लिकाका श्रीमान् साइरिल पेरिसका रियल स्टेट व्यापारी हुन् ।
पछिल्ला केही महिना उनी मल्लिकासँग नजिक थिए । उनीहरुबीचको फोटो अहिले समाजिक सञ्जालमा भाइरल छ । मल्लिकाका बाबु मुकेशले बिहे भएको स्विकादै अब चाडैँ बिहेको पार्टी गर्ने बताएका छन् । अहिले मल्लिका पेरिसमा छिन् । उनले मेइ ११ देखी २२ सम्म ६९ औँ कान फिल्म फेस्टिभलमा सहभागिता जनाउनेछिन् ।
केही समयअघि मल्लिकाले एक लाईभ भिडियोमार्फत आफू साइरिलसँग प्रेममा रहेको बताएकी थिइन् । उनले साइरिलसँग ताज महल जाने र उनलाई ठेलाको खाना खुवाउने बताएकी थिइन् । ल्लिकाको यो दोस्रो बिहे हो । यसअघि उनले भारतीय सेनाका कप्तान कर्ण गिलसँग बिहे गरेकी थिइन् । सन् २००१ मा उनको सम्बन्ध विच्छेद भएको थियो ।