सर्वोत्कृष्ट गीतकार – शान्तिप्रिय (छक्का पन्जा)
सर्वोत्कृष्ट संगीतकार – राजनराज शिवाकोटी (छक्का पन्जा)
सर्वोत्कृष्ट गायिका – अन्जु पन्त (छक्का पन्जा)
सर्वोत्कृष्ट गायक – ताराप्रकाश लिम्बु (बिर विक्रम)
असार १९, लण्डन । बेलायतको थर्ड आई कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’मा संगीत तर्फको अवार्ड गीतकार शान्तिप्रिय, संगीतकार राजनराज शिवाकोटी, गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुलाई प्रदान गरिएको छ ।
फिल्म छक्कापन्जाको ‘देखन चम्पा’ गीतबाट गीतकार एवं रंगपत्रकार शान्तिप्रिय सर्वोत्कृष्ट गीतकार घोषित भए भने छक्का पन्जाकै पुर्व पश्चिम रेल बोलको गीतबाट संगीतकार राजनराज शिवाकोटीलाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरियो । त्यस्तै पुर्व पश्चिम रेल गीतबाटै सुमधुर स्वरकी धनि गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड आफ्नो तर्फमा सुरक्षित बनाइन् भने गायक ताराप्रकाश लिम्बु बिर विक्रम फिल्मबाट सर्वोत्कृट गायक घोषित भए ।
विभिन्न २८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा नेपालबाट आएका करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, योगेश्वर अमात्य, अशिष्मा नकर्मी, वर्षा शिवाकोटी, सुर्विना कार्की, अनुपविक्रम शाही, सलोन बस्नेत, कुशल थापा, नम्रता योगी, शर्मिला बर्देवा, सञ्चारकर्मी सुमन खरेल, श्याम अर्याल र बेलायतमै बस्ने कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
बलिउडकी लोकप्रिय गायिका संजीवनी र गायक आनन्द कार्कीको सुमधुर संगीतले अवार्ड ग्न्जयमान भएको थियो । विगत लामो समयदेखि बेलायतमा बस्ने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलतित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरुको अवार्ड समारोहमा सहभागिता रहेको थियो ।