
पौष २८, काठमाडौं । गायक शिव परियारको आवाजमा रहेको निकै मन छुने ‘आँसुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा सार्वजनिक भएसँगै निकै चर्चामा छ । सार्वजनिक भएको एक महिनाको अवधिमा मा नै ९ लाख २६ हजार भन्दा बढी पटक हेरिसकिएको छ।
युट्युबमा अडियो हिट पछि गायक शिव परियारले ‘आँसुको अर्थ’बोलको गीतलाई नयाँ वर्ष २०१८ को पहिलो भिडियोको रूपमा आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका छन्। यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गरेका छन् ।
‘आँसुको अर्थ’ बोलको भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापा को छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो: