• संगीत उत्पादक र उद्योगको संयुक्त रुपमा वार्षिकोत्सव

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०७४, सोमबार

    १९ भाद्र २०७४, काठमाडौं । संगीत उद्योग संघ र संगीत उत्पादक समाज नेपालको संयुक्त आयोजनामा आफ्नो बार्षिकोत्सव मनाएका छन् । नेपाल सरकारका सुचना तथा संचार मन्त्री माननिय श्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथिमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलयका सचिव चन्द्र घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछाने, गृह मन्त्रालयका सह सचिव निर्मला अधिकारी, प्रतिलिपि अधिकार रजिष्ट्राका कार्यालयका रजिस्ट्रार राजेन्द्र सिक्देल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल गोपाल श्रेष्ठ लगायतका व्यक्तित्वहरुको आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको थियो ।


    कार्यक्रममा स्वर्गीय गोपाल योन्जनलाई यस क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको कदर गर्दै मरणोपरान्त सम्मान गरिएको छ । त्यस्तै संघका पूर्व अध्यक्षहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रुपेस कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी म्यूजिक ब्यवसायी सम्मान २०७४ बाट म्यूजिक नेपालका संचालक तथा संघका प्रमुख सल्लाहकार सन्तोष शर्मालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकार नारायण रायमाझी, सल्लाहकार रत्न बानियाँ, पूर्व अध्यक्षहरु भगवान कुमार श्रेष्ठ, पदम बहादुर बुढा, निवर्तमान अध्यक्ष अर्जुन बोहरा, उत्पादक समाजका अध्यक्ष निर्मल राज ढकाल लगाएतका रहेका थिए । कार्यक्रममा विभिन्न म्युजिक कम्पनिलाई रोयल्टी समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले यदि नेपाल सरकारले रोयल्टी ब्यवस्थापनमा ध्यान नदिए हजारौं कलाकारहरु आफ्नो हकधिकारका लागि आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका थिए ।


    उक्त बार्षिकोत्सब कार्यक्रम समारोहमा संगीत उद्योगसँग नेपालको एक स्मारिका र वेब साइट समित सार्वजनिक गरिएको छ । हिजोको कार्यक्रम सफल बनाउन आफ्नो तर्फबाट भूमिका खेल्नुहुने कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, संघ संस्थाबाट पाल्नु हुने अतिथिहरु, ब्यवसायी साथीहरु लगायत सम्मानित ब्यक्तित्वहरु र उपस्थित भई कार्यक्रम सभ्य र भब्यताका साथ सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउनुहुने सम्पूर्णलाई आयोजक नेपाल संगीत उद्योग संघ नेपालको तर्फ बाट अध्यक्ष सुर्य मगर र संगीत उत्पादक समाजको तर्फबाट अध्यक्ष निर्मल ढकालले धन्यवाद ब्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु