सुरु भयो मिस नर्स नेपाल ०७१ को अडिसन

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७१, मंगलवार

काठमाडौं । नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७१ को अडिसन यही मंसिर ६ गते काठमाडौंमा हुने भएको छ ।
तीनकुनेस्थित ग्रिनक्याफे एण्ड पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने अडिसनमा मध्यमान्चलका ६० नर्सिङ कलेज र अस्पतालमा अध्ययनरत नर्सहरु सहभागी हुनेछन् ।
प्रतियोगिताको पश्चिमाञ्चल अडिसन यही मंसिर १२ गते पोखरामा र पुर्वाञ्चल अडिसन १३ गते धरानमा हुने आयोजक नेक्स्ट मोडल्सले जनाएको छ । अन्तिम अडिसन भने काठमाडौंमा मंसिर १४ गते हुनेछ । युनिक्याम्पस एजुकेशन नेटवर्क पुतलीसडकको प्रायोजनमा हुने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् । १० उत्कृष्ट नर्सले निःशुल्क आइएलटिएस तयारी कक्षाको सुविधा पाउनेछन् भने रोजगारीको समेत व्यवस्था गरिएको नेक्स्ट मोडल्सले जनाएको छ । अडिसनमार्फत् देशभरबाट छानिएका ४५ जनालाई एक महिना लामो प्रशिक्षण दिइने जनाइएको छ । १९ पुसमा फाइनल प्रतिस्पर्धा हुनेछ ।
अडिसनबाट छानिएकाहरुलाई महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व बहन, सञ्चारकलाको विकास, उद्घोषण तालिम, नर्सिङ पेशासंग संबन्धित तालिमलगायतका प्रशिक्षण दिइने आयोजक नेक्स्ट मोडल्सका प्रमुख रबि धमलाले जनाएका छन् । संस्था तथा प्रतियोगिताका बारेमा विभिन्न सञ्चार माध्यमले गलत प्रचारप्रसार गरेपनि प्रतियोगिता निर्बाध सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
नर्सिङ पेशामा आबद्ध युवतीहरुलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको नेक्स्ट मोडल्सका प्रमुख धमलाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु