जैकलिनको चार वर्ष

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७०, बिहीबार

मुम्बई, (एजेन्सी) । अभिनेत्री तथा पूर्वमिस श्रीलंका जैकलिन फर्नाडिजले बलिउड फिल्म उद्योगमा चार वर्ष पूरा गरेकी छन् । बलिउडमा ‘इन्ट्री’ को चार वर्ष पूरा गरेको अवसरमा जैकलिनले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेकी छन्, ‘बलिउडमा मेरो चार वर्ष पूरा भएको छ । चार वर्षअघि मेरो पहिलो फिल्म ‘अलादिन’ रिलिज भएको थियो । उक्त फिल्मबाट सबैबाट प्रशंसा पाएकी थिएँ ।’
सन् २००९ मा अभिनेत्री जैकलिनले फिल्म ‘अलादिन’मार्फत बलिउडमा करिअर सुरु गरेकी थिइन् । पछिल्लो समय बलिउडमा हट अभिनेत्रीका रूपमा आफूलाई स्थापित गरेकी यी अभिनेत्रीले बलिउडमा छोटै समयमा आफूलाई स्थापित गरेकी छन् । उनले ‘मर्डर–३’ ‘हाउसफुल–२’ र ‘रेस–२’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छन् । श्रीलंकाबाट मोडलिङ करिअर सुरु गरी मिस श्रीलंका भएपछि बलिउड छिरेकी जैकलिन अहिले आफ्नो पछिल्लो फिल्म ‘किक’ र ‘राय’ कारण चर्चामा छिन् । यी दुवै फिल्ममा जैकलिनको मुख्य अभिनय छ । उनले छोटो समयमै सलमान खान र रणवीर कपुरजस्ता सुपर हिरोसँग काम गरिसकेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु