बिहेअघि नै छोडपत्रको तयारी

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७०, बिहीबार

लस एन्जलस (एजेन्सी) । हलिउडमा अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको जोडी ‘सुपरहिट’ छ । एकअर्काको जोडी भएर उनीहरूले ‘मिस्टर एन्ड मिसेस स्मिथ’लगायत दर्जनौँ फिल्ममा काममात्र गरेका छैनन्, उनीहरूले सँगै घर पनि बसालेका छन् । ६ बालबालिकाका धर्मअभिभावक समेत रहेका उनीहरूले औपचारिक रूपमा बिहे नगरे पनि पतिपत्नीसरह बसेका छन् ।
तर, बिहे गर्नुअगावै छोडपत्र भएको अवस्थामा के गर्ने भन्ने विषयमा उनीहरूबीच सहमति भएको छ । वकिलसँगको परामर्शबाट उनीहरूले लामो सहमतिपत्र तयार गरेका छन्, जहाँ दुवैले छोडपत्र भएको अवस्थामा एकअर्काको व्यक्तिगत सम्पत्तिमाथि दाबी नगर्ने सहमति व्यक्त गरेका छन् । बिहेअघि नै छोडपत्रको तयारीले उनीहरूका प्रशंसकलाई निराश बनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु