हलिउडमा अन्जली लामाको दमदार अभिनय

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । हलिउडमा निर्माण हुने एक महिला प्रधान फिल्म ‘सेयरिङ ए राइड’मा नेपालकी ट्रान्सजेण्डर मोडल अञ्जली लामाले अभिनय गर्ने भएकी छन् । हलिउडका ६ महिला निर्देशकले निर्देशन गर्ने ६ कथाको फिल्ममध्ये एक फिल्ममा अञ्जलीको अभिनय रहनेछ ।

समाचारअनुसार अञ्जलीले लीना यादवको सर्ट फिल्म ‘सेयरिङ ए राइड’मा अभिनय गर्नेछिन् । यो फिल्ममा बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिजको पनि अभिनय रहनेछ । यी महिला निर्देशकका फिल्ममा ड्रामा, कमेडी र एनिमेसन फ्लेभर हुनेछन् ।

लीनाले ‘पार्चड’, ‘राजमा चावल’ र ‘तीन पत्ती’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । महिला समूहमा कारा डेलेविङ्गने, ईवा लोंगोरिया, मार्गरिटा बोय, लियोनोर वरेला र मार्सिया गे हार्डेन पनि छन् । यी फिल्महरु इटली, भारत र अमेरिकामा छायांकन हुनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु