रामायणकी रचयिता रिमालको निधन

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७०, मंगलवार
काठमाडौँ, २६ कात्तिक । साहित्यकार सीतादेवी रिमालको ९३ वर्षको उमेरमा आज बिहान आफ्नै निवास नक्साल नागपोखरीमा निधन भएको छ । श्रीमती रिमालका ‘वाल्मीकि रामायण सङ्क्षिप्त नेपाली रुप’, ‘सीतादेवी रिमालका केही कविताहरु’ लगायत अन्य कविता कृति  तथा चित्रकला पनि प्रकाशित छन् । आफ्ना भानिज मदनदेव भट्टराईको प्रेरणामा उनको पहिलो कविता ‘यो जीवन’ शीर्षकमा ‘रत्नश्री’ साहित्यिक पत्रिकाको नारी विशेषाङ्क (२०३४ साल)मा  प्रकाशन भएको थियो । उनी त्रिमूर्ति निकेतन र रिमाल समाजबाट सम्मानित भएकी थिइन् । दाङमा जन्मी बाह्र वर्षमै जीवनसाथीलाई गमाएकी रिमालले औपचारिक शिक्षा लिएकी थिइनन् । उनका गौरीनाथ, शङ्करनाथ र दुर्गानाथ छोरा हुनुहुन्छ । उनको आजै अन्त्येष्टि गरिँदैछ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु