कुशादेवीमा ‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०८०, बुधबार
Radheshyam Lekali

पनौती, काभ्रे । ‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’ काभ्रेको पनौतीस्थित कुशादेवीमा सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानी कोटेश्वर तीन कुनेबाट दुई बसमा गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए ।

पहिलो चरणमा बाल गुरुका शिष्य ब्यबसायी क्याप्टेन रामेश्वर थापाको घरको आगनमा कविता वाचन गरिएको थियो ।
डा. बुनु दाहाल, उषा केसी, पारु तिमल्सिना, श्री बाबु कार्की, गीता कार्की, कल्पना खरेल, सुभाषचन्द्र पौडेल भीमफेदीया, विजयध्वज थापा, राज रजक, द्वारिका ढुंगाना, रुद्र अधिकारी, ज्ञान्दरी कैनी र राधेश्याम लेकालीले प्राकृतिक सुन्दरतालाई साक्षी राखेर रचना वाचन गरेका थिए ।
साहित्यिक पत्रकार संघ (सापस)का अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो काव्य गोष्ठीमा विशेष अतिथिमा माननीय कवि मीना श्रेष्ठ र क्याप्टेन रामेश्वर थापा रहनु भएको थियो ।

सोही अवसरमा अध्यक्ष लेकाली, क्याप्टेन रामेश्वर थापा र ॐ आदि फाउन्डेसनका रामेश्वर थापाले कार्यक्रमको उद्देश्य र बाल गुरु आदित्यबारे प्रकाश पारेका थिए । कवि एवम् संचारकर्मी ठाकुर बेलबासेले कार्यक्रम संचालनसहित सहजीकरण गरेका थिए । सात्विक भोजनसँगै पहिलो चरणको कार्यक्रम समापन भएको थियो । वन, वनेलीको दृश्यावलोकन सहित मोक्षधाम उक्लेका कविहरू दंगदास भएका थिए ।
दोस्रो चरणको कार्यक्रम बाल गुरुसहित प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओलीले वरिष्ठ कवि एवम् जरामा कलाको अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचिएको विभिन्न शिर्षकको कलाहरूको प्रदर्शनीको उद्घाटन गरेका थिए ।
दोस्रो चरणको औपचारिक कविता गोष्ठीको सभापति क्याप्टेन रामेश्वर थापा थिए । गुरु योगी चैतन्य आदित्यनाथको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के। पी। ओली सहित पूर्व उपप्रधानमन्त्रीहरु ईश्वर पोखरे, विष्णु पौडेल, पूर्व मन्त्रीहरु प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, रेशम लामा, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, ॐ आदि फाउन्डेसनका विशिष्ट सल्लाहकार लक्ष्मी प्रसाईं, अध्यक्ष उपेन्द्र महतो, गुरु पिता लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो चरणमा कविता र गुरु मन्त्रको पाठ गरिएको थियो । कविहरू मन्जिला अनिल, ममता मृदुल, मुरारि सिग्देल, सुषमा आचार्य, विक्रमभक्त जोशी, प्रदीप ज्ञवाली, हरि मन्जुश्री, रामप्रसाद पन्त, एलिशा ढुंगाना, लव खड्का, हरिश कल्पित, डा शान्तिमाया गिरी, सुमन बर्षा, मीना श्रेष्ठ ,भानुप्रकाश जोशी, विकास शर्मा, निर्मलरमण पराजुली, राज रजक, जीवन प्रकाश श्रेष्ठ, रितु कँडेल, पूर्णबहादुर श्रेष्ठ, भानु जोशी, अनुसुया ढुंगेल, गीता कार्की, पारु पारु तिमल्सिनालगायतले आध्यात्मिक कविता पाठ गरेका थिए ।

यसैगरी समालोचकहरु प्रा। डा। गोविन्दमान सिंह कार्की, ज्ञानु अधिकारी, साहित्यकारहरु पूर्णबहादुर श्रेष्ठ, उषा केसी, श्री बाबु कार्की, कल्पना खरेल, सुभाषचन्द्र पौडेल भीमफेदीया, विजयध्वज थापा, प्रदीप सापकोटा, राज रजक, द्वारिका ढुंगाना, रुद्र अधिकारी, ओमकुमारी बन्जारा तथा जीवनकुमार श्रेष्ठ, निरु श्रेष्ठ, हेम शर्मा मैनाली, निशा रिमाल, निश्चलबहादुर श्रेष्ठलगायतले गुरु मन्त्र वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के। पी। ओली ॐ आदि फाउन्डेसनका अध्यक्ष उपेन्द्र महतोले विशेष मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमका संयोजक गुरु शिष्य सागर थापाले पत्याउन नसकिने अद्भुत ज्ञान गुरुभित्र रहेको छ, गुरुको ज्ञानबाट अपार उर्जा र प्रेरणा मिलेको छ, ज्ञान र ध्यानबाट मात्रै गुरु कृपा पाउन सकिन्छ, सत्संग गर्न त्रिगजुर शिवालय कुमारीगाल आउन सबैलाई अनुरोध गरेका थिए ।

कलाकार नरेन्द्रबहादुर श्रेष्ठले गुरुसँग कसरी साक्षात्कार भयो भन्ने अनुभूति ूकलियुगको आदित्य ज्योतिपथू पुस्तकबाट पढेर सुनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु