सृष्टिको रोमान्स

म्यूजिक खबर
प्रकाशित: ३ कार्तिक २०७०, आईतवार

यौन विशेÈज्ञ डा. सुवोध पोखेलद्वारा यौन मनोविज्ञानमा आधारित पुस्तक सृष्टिको रोमान्स नामक पुस्तकको आज शनिबार भएको छ । शनिवार रिपोर्टर्स क्लब नेपालमा सम्पन्न कार्यक्रममा डा. भोला रिजाल, डिल्लीराज पोख्रेल र ऋÈि धमलाले संयूक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका थिए । नेपाल ईन्स्टिच्यूट अफ ह्यूमन सेक्सुआलिटि काठमाडौले प्रकाशन गरेको सो २ सय ३१ पृष्ठमा समेटिएको सो पुस्तकमा विभिन्न विÈयलाई ४४ परिच्छेदमा लिपिबद्ध गरिएको छ । कार्यक्रममा डा. भोला रिजालले सेक्सको विÈयमा खुलेर कुरा गर्न नसक्ने नेपाली समाजमा डा पोख्रेलको यौन मनोविज्ञान सम्बन्धी पुस्तक कोसेढुंगा भएको भन्दै यसलाई नेपाली सहित्यको उदाउँदो नÔत्रको रुपमा लिनु पर्ने बताए । उनले नेपालमा ६७ प्रतिसत मानिसहरुमा यौन सम्बन्धी रोग भए पनि खुलेर कुरा गर्न नसकेको कारणले समस्या बनेको उल्लेख गर्दै यो पुस्तकले यस्ता मनोविज्ञानलाई बदल्ने विश्वास ब्यक्त गरे ।
पुस्तकका सर्जक डा सुवोध कुमार पोख्रेलले डा. रिजालबाटै पुस्तक लेखनमा प्रेरणा पाएको उल्लेख गर्दै पुस्तक मार्फत आफूले यौन शिÔा र स्वास्थ्यमा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको सुनाए । उनले रोमान्स विनाको सृष्टि सम्भव नभएकोले पनि आफूले पुस्तको नामनै सृष्टिको रोमान्स राखेको जानकारी दिँदै यसले यौन सम्बन्धी कुधारणालाई पुस्तकले थोरै भएपनि हटाउन मद्दत गर्ने विश्वास गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु