• आगामी फागुन २६ गते सलमान खान नेपाल आउँदै

    म्यूजिक खबर
    प्रकाशित: ३ मंसिर २०७४, आईतवार

    काठमाडौँ । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानलार्इ ओडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेको हो ।

    आगामी फागुन २६ गते टुडिखेलमा हुन लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल आउने तयारीमा रहेका छन् ।

    ओडीसिका संचालनको अनुसार सलमान सहित आउने कलाकारहरुलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागी बिहिबारनै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिइसकेको छ ।

    कार्यक्रममा सलमानको साथमा प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका केही चर्चित अनुहार नेपाल आउने छन् ।

    २५ हजार दर्शकश्रोता आउने अनुमान गरिएको कार्यक्रमको लागी सलमानको भाई कन्सर्ट हुने स्थान, बस्ने होटेलको साथै सुरक्षा लगायतको बिषय बुझन्न केही दिन पछि नेपाल आउदै छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु