• ईन्दिरा जोशीको मिठास स्वरमा ‘मोहनी’ सार्वजनिक ! (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १८ पुष २०७४, मंगलवार

    पुष १८, काठमाडौं । लोकप्रिय गायिका ईन्दिरा जोशीको बिल्कुलै नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश छ । शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो ।

    अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकमै बसाबास गर्ने निर्देशक अनिशा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

    सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रेँ तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    यस्तो छ मोहनीको म्युजिक भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु