• एसएलसी प्रिन्सेज २०१५ को उपाधि अन्जुलाई

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७२, शुक्रबार

    काठमाडौं। ‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेज २०१५ पाचौं सँस्करण’को उपाधि कपन काठमाडौंकी १६ वर्षीया अन्जु भण्डारीले चुम्न सफल भएकी छन् । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रतियोगितामा ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।
    एयुत्सु स्कुलबाट एसएलसी परीक्षा उच्च श्रेणीमा उत्तीर्ण गर्न सफल भण्डारीले ग्लोबल कलेज लफ म्यानेजमेन्टमा उच्च शिक्षाको लागि भर्ना भइसकेकी छन । एसएलसी प्रिन्सेजको उपाधि जितेबापत उनलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरेका थिए भने क्याम्पीयन एकाडमीको तर्फबाट रु ४ लाख बराबरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाएकी थिइन् । फेशन सेन्टर भाटभटेनीद्वारा १० हजार बराबरको साडी, फ्लाई स्काई एयरहोस्टेज एकाडमीको तर्फबाट रु २५ हजारको निःशुल्क तालिम लगायतका उपहार उनले प्राप्त गरेकी छन् । त्यसबाहेकका अन्य उपहारहरु पनि उनले हात पारिन ।

    उत्कृष्ट पाँचको चयनपछि अन्तिममा सोधिएका यदि भुकम्पपछिको अवस्थामा एसएलसी प्रिन्सेजको विजेताको नाताले तपाईंको भूमिका कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अन्जुले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हासिल गर्ने प्रेरणा मिलेको उनले बताइन् ।

    सिजन मिडियाद्वारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि हाडीगोकी १५ वर्षीया तेजस्वी कोइरालाले जितिन् । त्रिवेणी स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी कोइरालाले उपाधिसँगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने ल्यापटप, फ्लाइ स्काई एयरहोस्टेज एकाडमीको तर्फबाट रु। २५ हजारको निःशुल्क तालिम र अन्य उपहार पनि उनले प्राप्त गरिन् ।

    कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि बालाजुकी १६ वर्षीया शुद्धता थापाले हासिल गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी थिइन् । थापाले ‘डिस्टीङ्सन अर्वाड’को उपाधि पनि सो प्रतियोगितामा हात पारिन् । त्यस्तै थर्ड रनरअप सुवानी कर्माचार्य मिस पपुलर अवार्डसहित विजेता भइन भने फोर्थ रनरअप सिमरन श्रेष्ठले मिस पर्सनालिटीको अवार्डसहित जित हासिल गरिन् भने विभिन्न उपहारहरु प्राप्त गरिन ।
    ‘टिभिएस् जुपिटर एसएलसी प्रिन्सेजको पाँचौं सँस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जसअन्तर्गत ‘व्युटिफुल आइज’को उपाधि अलविना सुवेदीले हासिल गरिन् । ‘फेसबुक मल्टिमिडिया’को उपाधि खुस्बु आलेले प्राप्त गरिन । ‘अर्गनाइजर च्वाईस अवार्ड’ प्रतिक्षा लामाले जितिन् । यस्तै ‘वेष्ट ड्रेस र वेष्ट हेयरकोे उपाधि असिना देउलाले हात परिन् । यसैगरी सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि अलिशा बज्राचार्यले प्राप्त गरिन भने ‘मिस फेन्डसिप’को उपाधि सिमरन श्रेष्ठले हासिल गरिन् । ‘बेष्ट वाक’को उपाधि मनिषा लामाले पाइन् भने ‘मिस स्माइल’को उपाधि सिजु श्रेष्ठले हासिल गरिन् । यस्तै ‘मिस फोटोजेनिक’को उपाधि पूजा गदालले प्राप्त गरिन् । ‘मिस फिजिकल’को उपाधि शताव्दिका गिरिले पाइन् । एजुकेशन अवार्ड सुरक्षा श्रेष्ठले हात पारिन, वेष्ट स्क्रिन शितल साहले हात पारिन् भने मिस ट्यालेन्टको अवार्ड करिष्मा लामाले हात पारिन ।
    एसएलसी उत्तिर्ण गरेका र अब कलेज पढ्ने तरखरमा लागेका किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले विगत ५ वर्षदेखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए ।
    यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवं गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णायकमा चलचित्र निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी विजय पौड्याल, मेगा बैंककी विजनेश डेभलपमेन्ट अफिसर रभिना देशराज श्रेष्ठ, नामी कलेजका फाउण्डर याङ्कीला नामी र शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु