• गायक राईको अच्चमै लाग्दो व्यस्तता र स्टामिना !

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७३, आईतवार

    काठमाण्डौ । नेपालका नं. १ पाश्र्व गायक तथा सदाबहार गायकको चिनारी बनाएका राजेशपायल राईको व्यस्तता अचम्मै लाग्दो छ । देशमा भन्दा विदेशमा बढि व्यस्त हुने राईको शरिरमा पखेटा नै जोडे जस्तो गरि सांगीतिक भ्रमण गरिरहेका छन् । वैदेशिक सांगीतिक यात्रामा जति समय खर्चे पनि उनलाई स्वदेशमा हुने कार्यक्रममा पनि उतिकै देख्न पाइन्छ । फेरि चलचित्रका गीतहरु लगायत अन्य गीतहरुको पनि रेकर्डिङ गर्न पनि भ्याएकै देखिन्छन् । यति धेरै देशको कार्यक्रममा सहभागी हुँदाहुँदै पनि स्वदेशमा पनि उतिकै संख्यात्मक तथा गुणात्मक सांगीतिक कोशेली दिनु वास्तवमै अचम्म लाग्दो छ उनको व्यस्तता । यति हुँदा पनि कहिल्यै थकित नदेखिने गायक राईको स्टामिनालाई पनि मान्नै पर्छ ।

    केहि समय अघि मात्र साइप्रस, मलेशिया, युुकेको सांगीतिक यात्रा गर्न भ्याएका गायक राईले स्वदेश आए लगतै विभिन्न गीतको रेकर्डिङ पनि गरे । साथै देशका विभिन्न भू–भागमा प्रस्तुति पनि दिन भ्याए । राई ईज किङ्गको नामले प्रख्यात राई उनको संगीतप्रतिको लगावका कारण वास्तवमै सांगीतिक क्षेत्रमा नै किङ्ग जतिकै शक्तिशाली मानिएका छन् ।

    त्यसपछि वैदेशिक प्रस्तुतिकै क्रममा यतिबेला भने गायक राई अमेरिकाका विभिन्न राज्यमा व्यस्त भइहेका छन् । २०७२ सालको वैशाख १२ मा आएको विनाशकारी भुकम्पले विक्षिप्त भएका विद्यालयको पुनः निर्माण गर्ने उदेश्यले आयोजना भएको कार्यक्रममा उनले प्रस्तुति दिंदै आएका छन् । यस्तै क्रममा पछिल्लो समयमा उनले भर्जिनिया राज्यको मनाससमा जोडदार प्रस्तुति दिएका छन् । सागर सरी चोखो माया, तिमीले बाटो फेर्यौ अरे लगायतका कर्णप्रिय गीतहरु गाउँदा दर्शक तथा श्रोता मन्त्रमुग्ध रहेका थिए । उनलाई प्रिशिला शंकरले गायनमा सहयोग गरेकि थिइन् भने नायिका केकि अधिकारीले उनको गीतमा नाचेर प्रस्तुतिलाई थप आकर्षक बनाएकि थिइन् ।

    rajesh payal_ keki adhikari

    अमेरिकाको ह्युस्टन, डल्लास, बाल्टिमोर, भर्जिनिया लगायतका अन्य राज्यहरुमा गायक राई लगायत महानायक राजेश हमाल, सन्दिप क्षेत्री, केकी अधिकारीको टोली यतिबेला अमेरिकामा छन् । वैशाखको १ गतेदेखि जेठको पहिलो हप्तासम्म प्रस्तुतिलाई निरन्तरता दिन का लागि यो टोलीले आयोजक संस्था घासी नेपालसँग सम्झौता गरेका छन् ।

    • सविता पोखरेल
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु