• गायन छाडेर अभिनयमा पदम

    म्यूजिक खबर
    प्रकाशित: ७ फाल्गुन २०७१, बिहीबार

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा केही गरेर देखाउने मनसाय बोकेर यस क्षेत्रमा प्रवेश गरेका पदम गाहा विस्तारै आफ्नो पहिचान निर्माण गर्ने क्रममा देखिएका छन् । सानै देखि कलाकारीता प्रति झुकाव राख्दै आएका उनले पछिल्लो पटक अभिनय गरेको चलचित्र देउता यतिबेला प्रदर्शनको तयारीमा रहेको छ । वास्तम्बमा उनि सुरुमा खेलाडी हुन चाहन्थ्ये । गायक हुने भुत पनि चढ्यो उनमा । तर यतिबेला उनि कलाकार भएका छन् । अभिनय गर्नु उनको शोख हो । कलाकारीताबाट जीवनयापनमा कठिनाई हुने जान्दा, जान्दै पनि आफ्नो ईच्छाका कारण यस क्षेत्रमा होमिएको उनि बताउछन् । यस क्षेत्रमा आफु संघर्षरत रहेपनि एकदिन आफ्नो ईच्छाको गन्तव्यसम्म पुगेरमात्र विस्राम लिने पनि उनको चाहना छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु