• Shanidhya Trophy
  • गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित ।

    म्यूजिक खवर
    प्रकाशित: २५ असार २०७७, बिहीबार

    काठमान्डाँै ।
    गायिका अमृता लामिछाने , धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त कोरोना माहामारी मा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ ।

    आपसमा मिलेर घरमा नै परिवार सगँ नै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन । मिराज अर्यालको छायाँकन , विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ । ”संगै नाचौँ गाईज” गीतको भिडियोमा मनोज खड्का , मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य भिडियोमा छ ।
    ”संगै नाचौँ गाईज” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु