• चलचित्र अभिनयमा राजनको फड्को

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    मोडलिङमा रमाइरहेका राजन कार्कीले अब भने चलचित्रको अभिनयमा फड्को मारेका छन् । चर्चित गायक–गायिकाका एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका राजनले केही विज्ञापनमा समेत मोडलिङ गरिसकेका छन् । राजनले पोखरामा इभेन्ट म्यानेजरका रूपमा समेत आफूलाई स्थापित गराइसकेको भएपनि यतिबेला राजधानीको वसैसंगै कलाकारीको क्षेत्रमा संघर्षरत छन् । राजनले कान्तिपुर मोडल एजेन्सीसमेत सञ्चालन गरिरहेका छन् । राजन आफ्नो मोडल एजेन्सीमार्फत टेलिभिजनमा रियालिटी शो तथा बालबालिकाहरूको सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

    rajan6
    अभिनयका विभिन्न विधामा सक्रिय सहभागिता जनाएका राजनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छेस्को’ मा समेत अभिनय गरेका छन् । निर्माणधिन चलचित्र सुनैनामा समेत अनुबन्धित भैसकेका नवनायक राजन कार्की आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छन् । उनि अभिनित चलचित्र ‘छेस्को’बाट अभिनेताका रूपमा स्थापित हुने आशा गरेको छन् । दुई वर्षअघि गायक स्वरूपराज आचार्यको म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका बन्दीपुर, तनहुँका बासिन्दा राजन कार्की पोखरामा मोडलका रूपमा उदाएर म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेका कलाकार हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु