• च्यारिटी दौडमा ‘राहदानीे’

    म्यूजिक खबर
    प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार

    काठमाडौं । विदेशमा आफन्त गुमाएका २ सय ५० भन्दा बढी विधार्थीको अध्ययन खर्चका लागि चलचित्र ‘राहदानी’को विभिन्न ८ सहरमा ‘च्यारिटी शो’ भइरहेको छ । वैदेशिक रोजगारीका क्रममा दिवंगत भएका तथा अंगभंग भएकाहरुका सन्तानको शिक्षाका लागि एशिया मानव अधिकार तथा संस्कृतिक विकास मञ्चसँग मिलेर ‘राहदानी’ ले आर्थिक संकलन गरिरहेको यसका निर्देशक डब्बु क्षत्रीले बताए ।
    यसै क्रममा १६ कात्तिकमा चितवनको गणेश सिनेमा हलमा, १८ मा गणपति चित्र मन्दिर कावासोतीमा र बिहिबार दाउन्ने पार्टी प्यालेस वर्दघाटमा च्यारिटी शो गरिएको छ । च्यारिटीमा शोमा दर्शकको उल्लेख्य उपस्थित थियो । त्यस्तै अब यो चलचित्रको २३ कात्तिकमा बुटबलको मिलन चलचित्र मन्दिरमा, २४ मा तानसेनको सन्तोष फिल्म हलमा, २५ कात्तिकमा परासीबजारको सन्तोषीमा सिनेमा हलमा च्यारिटी हुँदै छ भने २७ कात्तिकमा लुम्बिनी पार्टी प्यालेस पिपरा, कपिलबस्तुमा र २९ कात्तिकमा प्युठानी होटल चन्द्रौटा बजार कपिलबस्तुमा च्यारिटी सो हुने निर्देशक क्षत्रीले जानकारी गराए ।
    चलचित्रमा दयाहाङ राई, नविन लम्साल, रुपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, मोनिका दाहाङ, फुपु तेन्जिङ शेर्पा, दिनेश दुलाल, विधा कार्की, अस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत सहितको अभिनय रहेको छ । लक्ष्मीप्रसाद ढकालको निर्माण रहेको यस चलचित्रको च्यारिटी सोमा आएका दर्शकले निकै मन पराएका छन् । च्यारिटी सोमा अभिनेता नविन लम्साल, अभिनेत्री मोनिका दाहाल र निर्माता ढकाल मोफसलमै छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु