• छायाँकार पुरुलाई पत्नी शोक

    म्यूजिक खबर
    प्रकाशित: ६ चैत्र २०७१, शुक्रबार

    काठमाडौं । नेपाली चलचित्र उद्योगका चर्चित एवं सफल छायाँकार पुरुषोत्तम प्रधानलाई पत्नी शोक परेको छ । गत बर्षको बैशाख २६ गते विवाह बन्धनमा बाधिएका चर्चित छायाँकार पुरुषोत्तमको श्रीमतीको गएराती १२ बजेतिर निधन भएको हो । उनको श्रीमती २४ दिनको सुत्केरी थिईन् । गत फाल्गुन १२ गते श्रीमती अनुले छोरीलाई जन्म दिएकी थिइन् । दुई तीन दिनदेखि बिरामी देखिएकी अनुले अकस्मात संसार छाड्दा पुरुषोत्तम र उनको परिवारमा ठुलो बज्रपात परेको छ ।

    छायाँकार पुरुलाई परेको शोकको घडीमा भगवानले धैर्यधारण गर्ने शक्ति दिउन् । अनुको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु