• ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ चैत्र अन्तिमबाट प्रशारण हुने

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७१, आईतवार

    काठमाडौं । नेपाल टेलिभजिनबाट प्रसारण हुँदाहुँदै रोकिएका दुई चर्चित हाँस्य सिरियल पुनः प्रसारणमा आउने भएको छ । चर्चित हाँस्य सिरियल ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ चैत्रको अन्तिम साताबाट प्रशारणमा हुने भएको हो ।

    दुई चर्चित सिरियल प्रशारणका लागि मिडिया हबले नेपाल टेलिभिजनमा टेन्डर पारेको यसका अध्यक्ष सोम धितालले बताएका छन् । मिडिया हबले अहिले ‘तितो सत्य’ र ‘मेरी बाँस्सै’ नेपाल टेलिभिजनमा देखाउँदै आएको छ । अध्यक्ष सोम धितालका अनुसार नेपाल टेलिभिजनमा आफूहरुको टेन्डर परिसकेकाले चैत्र २७ गतेबाट ‘भद्रगोल’ र चैत्र ३० गतेबाट ‘जिरे खुर्सानी’को प्रशारण सुरु हुनेछ ।
    जिरे खुर्सानीका लागि मिडिया हबले २ लाख १७ हजार ७ सय ७७ रुपैयाँ हप्तामा नेपाल टेलिभिजनलाई वुझाउने उनको भनाई छ । यस्तै, ‘भद्रगोल’का लागि भने १ लाख ८७ हजार ७७० रुपैयाँ मिडिया हबले नेपाल टेलिभिजनलाई वुझाउनेछ ।
    यस्तै, ‘जिरे खुर्सानी’ प्रोडक्शनका लागि १ लाख ४५ हजार रुपैयाँ मिडिया हबले एक सातामा खर्च गर्दै आएको छ भने ‘भद्रगोल’का लागि ८० हजार खर्च गर्दै आएको छ । ‘वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रमका लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि दुई सिरियल प्रसारणमा रोक लागेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु