• डब्बुको राहदानी बैशाख १२ मा

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७२, मंगलवार

    पत्रकार डब्बु क्षेत्री निर्देशित चलचित्र राहदानी आगामी १२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यस अघि यो चलचित्र गत २९ जेठमा रिलिज गर्न लागिएको राहदानीको बैशाख १२ को भूकम्पले प्रदर्शन हुन सकेको थिएन । बैदेशिक रोजगारीको समस्या उठान गरिएको चलचित्र राहदानी दर्शकमाझ ल्याउन लागिएको यसका प्रस्तुतकर्ता लक्ष्मी ढकालले बताए ।

    मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका विभिन्न समस्यालाई चलचित्रमा उठान गरिएको चलचित्रका लेखक एवं निर्देशक क्षत्रीले बताए । चलचित्रको छायाँकन नेपाल र मलेशियामा गरिएको हो ।

    Rahadani-nepali-movie-2
    राहदानीमा दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, अशोक रिजाल, विधा कार्की, विकाश जोशी, मोनिका दाहाल, तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, दिनेश दुलाल लगायतको अभिनय छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु