• डी सिने अवार्डमा केकी र आर्यन उत्कृष्ट

    म्यूजिक खबर
    प्रकाशित: १८ मंसिर २०७१, बिहीबार

    काठमाडौं । राजधानीमा सम्पन्न भएको छैठौं डि सिने अवार्डमा नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी उत्कृष्ट नायक नायिका बन्न सफल भएका छन् । मङ्सिर १७ मा राजधानी स्थित एकेडेमी हलमा सम्पन्न छैठौ ‘डि सिने अवार्ड’ मा चलचित्र ‘महसुश’ बाट केकी र आर्यनले अवार्ड जितेका हुन् ।
    समारोहमा ‘जुरी अवार्ड’ चलचित्र ‘मौन’का निर्देशक सुरज भुषालले हात पारे भने ‘मौन’बाट नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठले अवार्ड हात पारे
    नव नायकको अवार्ड चलचित्र प्रोड्युसरबाट श्याम अर्यालले पाए भने नव नायिकाको अवार्ड पुजा शर्माले ‘मधुमास’ बाट चुम्न सफल भइन् । सह अभिनेत्री तर्फको अवार्ड नायिका प्रियंका कार्कीले ‘नाई न भन्नु ल २’ बाट अवार्ड हात पारिन् । यता सह अभिनेताको अवार्ड ‘प्रोड्युसर’ बाटै विल्सन विक्रम राईले हात पारे । छायाँकार तर्फको क्रिटिक्स अवार्ड संजय लामालाई दिइयो भने प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो । त्यस्तै पब्ल्ऽिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का नायक कोशिश क्षेत्रीले प्राप्त गरे ।
    अवार्डमा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो भने ‘छायाँछवि पत्रकारिता पुरस्कार’ बाट रङ्ग पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित पुरस्कृत गरियो ।
    विभिन्न २२ बिधामा भएको उक्त अवार्डमा निश्मा घिमिरे, गजित बिष्ट, अशिष्मा नकर्मी, संगम बिष्ट, बिनोद श्रेष्ठ, गम्भीर बिष्ट, रजनी केसी लगायतको नृत्य रहेको थियो । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रहसन र राजा राजेन्द्रको हाँस्य उदेषणले रहेको थियो । राज र सुष्मा श्रेष्ठले होस्ट गरेको अवार्ड समारोहमा ताराप्रकाश लिम्बू, मेलिना राई, रजिना रिमाललगायतले गायन प्रस्तुत गरेका थिए ।

    bidur,-mithila-and-sundar

    अवार्ड पाउनेहरूको सूची यसप्रकार छ –    
    १. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
    २. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
    ३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (लोफर)
    ४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
    ५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
    ६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुस)
    ७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
    ८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
     उत्कृष्ट नव अभिनेत्री : पूजा शर्मा (मधुमास)
    १०. उत्कृष्ट नव अभिनेता : श्याम अर्याल (प्रोड्यूसर)
    ११. उत्कृष्ट नव निर्देशक : प्रविन श्रेष्ठ (मोक्ष)
    १२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
    १३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
    १४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
    १५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
    १६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
    १७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
    १८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
    १९. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
    २०. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
    २१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
    २२. उत्कृष्ट फिल्म : मोक्ष
    क्रिटिक्स अभिनेत्री : नम्रता श्रेष्ठ (मौन)
    क्रिटिक्स अभिनेता : अर्पण थापा (मौन) 
    क्रिटिक्स छायाँकार : संजय लामा (मौन) 
    प्रोत्साहन अवार्ड : कस्टुम डिजाईनर नीलिमा शर्मा  
    पब्लिक च्वाईस अवार्ड : कोशिस क्षेत्री (मोक्ष)
    जुरी अवार्ड : निर्देशक सुरज भूषाल (मौन) 
    shyam aryal
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु