• दिल श्रेष्ठकी दुलही बनिन् रेखा

    म्यूजिक खबर
    प्रकाशित: १७ माघ २०७३, सोमबार

    माघ १७, काठमाण्डौ । चर्चित अविवाहित सेलीब्रेटीहरुलाई मङ्सिर र माघ महिना आयो कि प्रश्नै प्रश्नले हैरान बनाउँछ ? विवाह कहिले गर्ने ? यो सालको मङ्सिर र माघ पनि जाने भयो नि ? साइत जुरेन ? यस्तै प्रश्नको सामना गर्दै आएकी नेपालकी नं १ हिरोइन रेखा थापाले माघको उत्तम साइतमा लग्न जुराएकी छिन् । अभिनेता दिल श्रेष्ठकी दुलही भएकी छिन् । तर रेखाले वास्तविक जीवनमा नभई निर्माणाधिन फिल्म ‘हिरो रिर्टनस्’ मा विवाह गरेकी हुन् । आशिष भेटुवालको निर्देशन र चन्द्र गौतमको निर्माण रहेको ‘हिरो रिर्टनस्’मा यतिबेला रेखा व्यस्त बनिरहेकी छिन् ।

    rekha-thapa1
    rekha-thapa

     

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु