• देउसी भैलोमा रमाउँदै कलाकारहरु  (फोटो फिचर)

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०७१, बिहीबार
    काठमाडौं, ५ कार्तिक । नेपालीहरुको महानपर्ब तिहार मा बिभिन्न ठाउँमा  देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ ।
    राजधानी मा भने तिहार शुरुभए लगतै देउसीभैलो खेल्न शुरु गरीएको छ । त्यसतै आजबाट म्याग्दी कला सांस्कृति संरक्षण मञ्च काठमाडौंले आयोजना गरेको देउसि  भैलो कार्यक्रमा कलाकारहरु देउसी र भैलो भन्दै छमछम नाचिरहेको पाइयो ।
    म्याग्दि जिल्लाका कलाकारहरुको मञ्च म्याग्दी कला सांस्कृति संरक्षण मञ्च काठमाडौले आजबाट आफ्नो देउसी भैलो कार्यक्रम २०७१ शुरुवात गरेको छ । मञ्चमा आबद्ध कलाकारहरु खड्ग गर्भुज़ा, राजन भुजेल , मिना भुजेल ,निता पुन ,राम गगन बिक, बाबु राम सुबेदी लगाएतका थुप्रै कलाकारहरु जमघट भई नाचगान गरीरहेका छन् ।
    आजबाट शुरु भएर भाईटिकाको दिन सम्म देउसीभैलो खेलीने मञ्चका अध्यक्ष तथा कलाकार राजन भुजेलले जानकारी दिए । साथै भुजेलले अन्य सो देउसी भैलो खेलीरहनुभएको छ उहाँहरुको लागि पनि सरकारले जारीगरेको समय ९ बजेसम्म मात्र मर्यादित ढंगबाट खेल्निहुन अनुरोध समेत गरेका थिए ।
    शब्द /तस्बिरः गोपिकृण्ण चापागाई
    IMG_2562 IMG_2566
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु