• देवी घर्ती र कस्तुपको ‘चिलाउनेको रुखमा’ अञ्जली र प्रकाश ! हेर्नुहोस भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७४, आईतवार

    फागुन २७, काठमाडौं । देवी घर्ती र कस्तुप गैरेको स्वरमा रहेको लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक भएको छ ।

    प्रेमका भावना समेटिएको गीतका शब्द सन्तोष पौडेलले लेखेका हुन् । गीतमा संगीत पनि गीतकार पौडेलकै छ ।

    त्यस्तै गीतको भिडियोमा कस्तुप, अञ्जली र प्रकाशको अभिनय छ भने शम्भु चालिसेले भिडियो खिचेका हुन् । भिडियोलाई शंकर विकले निर्देशन गरेका हुन् भने रविन विकले छायांकन गरेका हुन् ।

    गीत समीर मिडिया प्रालिको प्रस्तुतिमा तयार पारिएको हो ।

    हेर्नुहोस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु