• नविनको यथार्थपरक गीत ‘बैंस आको छोरीलाई’ चर्चामा

    म्यूजिक खबर
    प्रकाशित: ४ पुष २०७४, मंगलवार

     

    पुष ४, काठमाडौं । चर्चित लोक गायक नविन पौडेलले नयाँ गित सार्वजनिक गरेको छन् । पौडेलले यथार्थपरक र समयसापेक्ष गीत “फुलेको तोरिलाइ बैँस आको छोरीलाइ जोगाउनै गाह्रो” बजारमा ल्याएका हुन् । रिलिज भएको केहि दिनमै गीतले निकै चर्चा पाइरहेको छ ।

    “बैँस आकि छोरीमा” नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ। पुर्णकला बिसि र भुमिका शाहले स्वर मा साथ दिएका छन। यसमा चर्चित हास्य कलाकार शिबहरी पौडेल को जिबन्त अभिनय हेर्न सकिन्छ। आमाको भुमिकामा रेखा थापा र छोरीको भुमिकामा टीका जैशिले साथ दिएका छन। यो गीतलाइ रक्षा म्युजिक ले बजारमा ल्याएको छ।

    विशेष गरी मेला महोत्सवको माहोललाई रोचक बनाउने शैलीको यस गितका सर्जक पौडेलले यस अगाडी समेत ‘हुन मन छर नत माइत न घर’, ‘हरेक जात जाती’, ‘यस्तै हुन्छ भन्ने भा’ लगायतका दर्जनौ चर्चित गित सार्वजनिक गरिसकेका छन् ।

    हेरौ भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु