• नवौं नेफ्टा अवार्ड दुबइमा हुने

    म्यूजिक खबर
    प्रकाशित: २० भाद्र २०७३, सोमबार

    भाद्र,काठमाण्डौ । नवौं नेफ्टा अवार्ड युएइको दुबइ सहरमा आयोजना हुने भएको छ । आइतबार राजधानीमा आयोजित एक पत्रकार सम्बेलनमा अवार्डबारे औपचारिक जानकारी दिइयो । चलचित्र प्राविधिक संघले गर्ने आगामी पुस ८ गते (डिसेम्बर २३)मा अवार्ड हुन लागेको हो । कुल २८ विधामा अवार्ड वितरण गरिने नेफ्टा अध्यक्ष पुष्कर लामाले बताए । नेफ्टाले यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको छ ।यस्तै कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले दुबइमा फिल्म बजार सिर्जना गर्नेतर्फ ध्यान दिन आयोजकलाई आग्रह गरे। ५ लाखभन्दा बढी नेपालीहरु रहदै आएको दुबइमा नेपाली चलचित्रको बजार राम्रो रहेको उपस्थित अथितीहरुको भनाई थियो ।
    Nefta award

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु