• नेपाल आइडलका सागर आलेले ल्याए भ्यालेन्टाइन विशेष गीत ! हेर्नुहोस् भिडियो

    म्यूजिक खवर
    प्रकाशित: १८ माघ २०७४, बिहीबार
    माघ १८, काठमाडौं । सुप्रसिद्द नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ ।
    प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।
    सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।
    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु