• “नफ़क्रिएका फूलहरु” अन्तिम चरणमा

    म्यूजिक खबर
    प्रकाशित: १४ कार्तिक २०७१, शुक्रबार

    अविरल फिल्म्सको ब्यानरमा निर्माण भईरहेको नेपाली कथानक चलचित्र “नफ़क्रिएका फूलहरु” को छायांकन अन्तिम चरणमा  पुगेकोछ | बुटवलको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको यस चलचित्रमा  बिद्यार्थी र अभिभाबकको कथा समेटिएको छ ।  बिद्यार्थी र अभिभाबकको सेरोफेरोमा आफ्नो कथा घुमाएको यस चलचित्रमा “जसमा जे जस्तो प्रतिभा छ त्यसलाई त्यहि छेत्रमा अवसर दिईयो भने एकदिन आफ्नो सफल भबिस्य बनाउन सकिन्छ ” भन्ने बिसय लाई जोड दिएको छ |

    बसन्ती थापा , बाबुराम घिमिरे ,प्रिया भण्डारी , क्षितिज  पछाई ,सुरक्षा ज्ञवाली ,एस्योर्या, रोशन लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा गोमा लम्साल , अर्जुन पंगेनी र मनकला पाण्डेको लगानी रहेको छ ।

    दीपक श्रेष्ठको कथागीत र संगीतमा तयार भएको यस चलचित्रको करिब २५ दिनमा सम्पूर्ण काम सकिने बताए निर्माण पक्षले । चलचित्रमा  दिपेश डी सी को छायांकन रहेको छ । चलचित्रलाई यस अघि “म्य ब्रदर ” चलचित्र निर्देसन गरेका निर्देसक बिष्णु भट्टराई निर्देसन गरेका छन् । चलचित्रको क्लाईमेक्सको छायांकन भने आगामी केहि दिनमा बुटवलमा हुन लागेको गायक कमल खत्रीको म्युजिकल कन्सर्टमा चलचित्रको अन्तिम सिन छायांकन गरेर चलचित्र ” नफ़क्रिएका फूलहरु” को शुटिंग  कार्य समाप्त हुने बताए निर्देशक बिष्णु भट्टराईले ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु