• आर्थिक सहयोग जुटाउँदै पीडित

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०७२, बिहीबार

    दाङ । श्रीमती शारदा बुढाथोकीको उपचारको लागि चरम आर्थिक अभाव झेलिरहेका साहित्यकार, पत्रकार एवं चलचित्रकर्मी के.एल.पीडितलाई बिभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । दाङ घर भई हाल पोल्याण्डमा रहनु भएका मित्रलाल पार्देले रु १५ हजार, बसन्तराज भट्टले १५ हजार र श्रीधरकुमार लम्सालले ५ हजार आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष समेत रहेका पीडितले बताए ।

    यसै गरि उत्सर्ग डान्सिङ स्टार २०७२ की विजेता स्टार समीक्षा पौडेलले पनि रु ५ हजार सहयोग गरेकी छिन् । डान्सिङ स्टार विजेता पौडेलले, राप्ती क्षेत्रको कलासँस्कृतिको प्रवद्र्धन तथा नवप्रतिभाहरुको उन्नयनमा अहोरात्र खटिएका पीडितलाई सबैले सहयोग गर्नुपर्छ भन्ने धारणा पनि राखेकी छिन् । उनी लगायत डा. भीमार्जुन आचार्य, विपुल पोख्ररेल, सुधारत्न, गणेशप्रसाद बंजाडे जस्ता अरु थुप्रै कलाकर्मी, सञ्चारकर्मी एंवम मित्रजनहरुले उनलाई आर्थिक सहयोग गरेका छन् । यस्तो नाजुक अवस्थामा सहयोग गरिदिनुहुने सहयोगीहरुप्रति पीडितले धन्यवाद ज्ञापन गरेका छन् ।

    pidit
    विगत केही वर्षदेखि अनेक रोगले ग्रस्त पीडितकी श्रीमती पछिल्लो समय पेट, छाती तथा पाठेघर सम्बन्धी समस्याले थलिएपछि अहिले उपचारको क्रममा छिन् । द्वन्द्व कालमा करिब ढेड वर्ष विस्थापित हुँदा उहाँमा हृदयरोग देखिएको र सो रोग पुनःबल्झिएको पीडितले बताए । सामाजिक क्षेत्रमा क्रियाशील हुँदाआफ्नो आर्थिक अवस्थाअत्यन्त नाजुक भएको बताउँदै पीडितले श्रीमतीको दीर्घकालीन उपाचारका लागि सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन् ।

    “उनको पूर्णउपचारको लागि कम्तीमापनि ४र५ लाखखर्च लाग्ने अनुमान गरेको छु । साथीभाइहरुको सहयोग भएनिकै सजिलो हुन्थ्यो । के गर्ने रु समाज सेवागर्दा गर्दै ऋणमा डुबेको छु ।” पीडितले आफ्नो दुःखेसो पोखे । मुलुकको राजनीतिक, सामाजिक एवं सास्कृतिक रुपान्तरणमा विगतदुई दशकदेखि अनवरत क्रियाशील पीडित २०४६ को आन्दोलन, २०५२ को जनयुद्ध तथा ०६२र ०६३ सालको जनआन्दोलनमा सक्रियरुपमा सहभागी सक्रिय भएका थिए । पछिल्लो समय राप्तीको कला क्षेत्रको प्रवद्र्धन र नवप्रतिभाहरुको उन्नयनमा समर्पित पीडितले जीवनभर समाजको लागिक्रियाशीलहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु