• फेरि पनि करोडौंमा सुनिए सरोज, हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

    चैत्र ८, काठमाडौं । युट्युबमा नेपाली भिडियोहरुले उल्लेख्य दर्शक पाउन थालेका छन् । थुप्रै गीतका भिडियो त एक करोडभन्दा बढी पटक हेरिएका छन् । यसमध्ये फिल्मका गीत धेरै छन् भने अन्य विधाका कमै गीतले मात्र करोडौं दर्शक पाएका छन् । यस्तै आधुनिक गीतमा करोडको माया पाउने एक गायक हुन् सरोज ओली । सरोजले गायिका इन्दिरा जोशीसँगको सहकार्यमा गाएको गीत ‘आई लभ यु’ले करोड दर्शक पाइसकेको छ ।

    फेरि पनि उनै गायक सरोज ओलीले गाएको अर्को गीतलाई करोडौंको माया मिलेको छ । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युज पाएको छ । नायिका प्रियंका कार्की, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीतले करोड भ्युज पाएकोमा टिमले केक काट्दै खुशियाली मनाएको छ । महिना दिनअघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा यो समाचार तयार पार्दाको समय सम्ममा ६९ हजार लाइक र ४ हजार बढी कमेन्ट आएका छन् । गीतको भिडियोमा ६ हजार डिसलाइक पनि आएको छ ।


    गीतका शब्द दिनेश थपलियाका हुन् भने वसन्त सापकोटाले संगीत गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ किशोर थापाको हो । सरोजले अबको केही दिनमै ‘पानी कुवाको’ बोलको नयाँ गीत सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् ।

    ओलीको स्वरमा रहेको यो भन्दा अगाडिको गीत ‘जता जता पिरतीको बाटो’ ले पनि राम्रो चर्चा पाइरहेको छ । जसलाई ८८ लाख बढी दर्शकले हेरिसकेका छन् । कार्टुन्ज क्रु र पल शाह अभिनित भिडियालाई पनि करोडको माया मिल्ने संकेत बुझ्न सकिन्छ ।

    हेर्नुहोस् करोडको माया पाएको गीत माछीले खाने खोलीको लेउ :

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु