• बसन्त र राजुले सहकार्यको ‘सिल्भर जुब्ली’ मनाउँदा गणेश र साधनाको रोमान्स ! हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: २५ फाल्गुन २०७४, शुक्रबार


    काठमाडौं, २६ फागुन । नेपाली संगीत धरातलमा गीतकार बसन्त वित्यासी थापा र संगीतकार राजु सिंह गरिमामयी नाम हुन् । गीतकार थापा र संगीतका सिंहले थुप्रै गीतमा सहकार्य गरेका छन् । यतिबेला यी दुई अब्बल स्रष्टाहरुले सहयात्राको २५औं वर्षगाँठ मनाएका छन् ।
    २५ वर्षअघि रित्तो सडकमा बोलको गीतबाट सांगीतिक सहकार्य गर्दै आएका गीतकार बसन्त र संगीतकार राजुले आफ्नो सहकार्यको रजत जयन्ती मनाउँदै गर्दा मोडल गणेश अग्रवाल र साधना शर्माले सहयात्राको शुरुवात गरेका छन् ।

    सहकार्यको २५ औं वसन्त पार गरेको खुशीमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
    ‘तिमी मेरो साथी’ नामक एल्वमको ‘फुल भन्दा कमि छैन’ बोलको गीत तथा भिडियो सार्बजनिक गर्दै संगीतकार राजुले भने, ‘यो हाम्रो सांगीतिक सहकार्यले २५ वर्ष पार गरेको छ । यहाँसम्म आउँदा पनि हाम्रो मित्रता र सांगीतिक सहकार्य उस्तै सुमधुर र अकाट्य छ ।’
    संगीतकार राजुले आफ्नो सांगीतिक करिअरबाटै गीतकार बसन्तसँग सहकार्य गर्दै आएका हुन् ।

    राजु र बसन्तलाई ‘नजरको दोषी बनि’, ‘रित्तो सडक’जस्ता चर्चित गीत दिएपछि अगाडि बढ्न सजिलो भयो । गीतकार बसन्तले ती गीतले आफ्नो ट्रनिङ पोइन्ट ल्याएको बताउँदै बताए । उनले संगीत क्षेत्रमा २५ वर्षे लामो यात्रामा धेरै उतार चढाव आए पनि आगामी दिनमा यस्तै सहकार्य रहिरहने बताए ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु