• बिरही कार्कीको सम्पूर्ण आमाहरुमा समर्पित मार्मिक गीत (हेर्नुहोस् भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ७ मंसिर २०७४, बिहीबार
    मङ्सिर ७, काठमाडौं । आफुलाई जन्म दिने आमा फुलमाया कार्कीको स्वर्गवास भएको पनी कती बर्ष बिती सक्यो तर गायक बिरही कार्कीले आमाको नाम कहिल्यै भुल्न सकेका छैनन् ।
    उनले लोकदोहोरी गित हरु त दर्जनौं बजारमा उतार्दै चर्चा कमाएका छन् भने आफ्नै आमाको सम्झनामा पनी आमा भाग १, आमा भाग २, आमा भाग ३, गर्दै आफैले लय शब्द र मार्मिक आवाज दिएर ऐले फेरी आमा भाग ४ भर्खरै सार्वजनिक गरेका छन् ।
    जब जन्म दिने आमालाई जसले भुल्छ त्यस्तो ब्यक्ती संसारमा टुहुरो रहन्छ उनको भनाई छ । मङ्सिर ५ गते आफ्नै जन्मदिनको अवसर पारेर गायक बिरही कार्कीले आमा भाग ४ गित सार्वजनिक गरेका छन् ।
    सुनखानी म्युजिक प्रा.लि को प्रस्तुती रहेको उक्त वियोगान्त गितमा गायक कार्कीको आफ्नै लय शब्द सृजना र आवाजमा सुसजित रहेको छ भने कमल सौरगले एरेन्ज गरेका हुन् । सोही मारुनी स्टुडियोमा रेकर्ड भएको गितको भिडियो तर्फ दिपेन्द्र तिम्सिनाले निर्देशन गरेका छन् ।
    नवराज उप्रेतीले छायांकन गरेको भिडियो पवन सिंखडाले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा चर्चित मोडल महेन्द्र गौतम, लक्ष्मी गिरी, रश्मी भट्ट, कमल कुमार बि.क, राम थापा र गायक बिरही कार्कीकै छोरा बिशाल कार्कीले उत्कृष्ट भूमिकामा अभिनय गरेका छन् ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु