![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
नेपाली सांगीतिक धरातलमा लगभग तीन दशकदेखि क्रियाशिल र व्यस्त रहँदै आएका गायक आनन्द कार्की आज पनि उतिकै व्यस्त र उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रमा आज अग्र स्थानमा रहेका सदावहार गायक आनन्द कार्की यतिबेला बेलायतका बिभिन्न स्थानहरुका सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त देखिन्छन् । गजलमार्फत सांगीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले पछिल्लोे समयमा बेलायतमा रहेका गजल पारखीहरुलाई झुमाएका छन् ।
खचाखच भरिएका दर्सक तथा श्रोता माझ करिब तिन घण्टा लाइभ प्रस्तुती दिएर दर्शक तथा श्रोतालाई आनन्द बनाएका छन् आनन्द कार्कीले । ट्रयाकमा गीत गाउने चलन भन्दा भिन्न किसिमले डार्टफोर्ड केन्टको फ्लीटडाउन कम्युनिटी हलमा आयोजना भएको उक्त कार्यक्रम निर्धारित समय भन्दा केहि ढिला सुरु भएकाले उनले श्रोतालाई फकाउँदै आफ्नै गजल ‘तिम्रो मुहारमा रिस सुहाएन’ बाट प्रस्तुती शुरु गरेका थिए । दर्शक तथा श्रोता बीच पुगेर फर्माइस लिंदै फ्लोरबाट नै दोहोरो सम्वाद स्थापित गराउँदै कार्यक्रमलाई जिवन्त पारेका कार्कीले नेपाली हिन्दी गरि करिब दुइ दर्जन गजलहरु गाएका थिए थिए । जसको सहजीकरणको महत्वपूर्ण भूमिका गजेन कटुवालले गरेका थिए ।
नेपाली गीत तथा गजलमा मात्र नभै, हिन्दी गीतमा पनि उत्तिकै प्रभाव जमाउन सफल कार्कीले ‘चलते चलते मेरे ये गीत याद राख्ना कभी अलबिदा ना कहना’ भन्दै कार्यक्रम को बिट मारेका थिए । कार्कीको उक्त प्रस्तुतीलाइ नछुटाउन ९० माइल टाडादेखि समेत श्रोता आएका थिए । कार्यक्रम हेरेर प्रतिक्रिया दिंदै बेलायतका नेपाली समुदायका अग्रज डा. राघव धिताल उत्साहित हुँदै भन्छन ‘म यो लाइभ हेर्न भनेर आज डेढ घण्टा ड्राइभ गरेर परिवारका साथ आएँ यस्तो सुन्दर प्रस्तुति तथा ब्यस्थापन पनि बेलायतमा गर्न त सकिने रहेछ नि आयोजक तथा गायक आनन्द कार्की लाइ धेरै धरै धन्यबाद’।त्यस्तै स्थानीय कलाकार दीपक थापाले बिचमा आफ्नो गायन प्रस्तुत गरेका थिए , बाद्यबादनमा सुनिल नेउपाने , मुकेश गजमेर , दिनेश थापा , हितेश अनुज ले साथ दिएका थिए ।
त्यस्तै हेल्प नेपालका बेलायतका सचिन श्रेष्ठ (जो अल्बर्ट हलमा कार्यक्रम संयोजन को अनुभब संगालेका ) भन्छन ‘सधै भरि ट्राकमा सुन्दा सुन्दा दिक्क भैसकेको श्रोता लाइ यसरि लाइभ कार्यक्रम सुन्ने अवसर दिलाएकोमा आयोजक रेन्वो इभेन्टलाई धन्यबाद’ र लाइभ सुन्न केंटावरि केन्टबाट आएका घन थापा भन्छन ‘टाढा बाट कार्यक्रम सुन्न आएको र सोहि बमोजिम सन्तुस्ट पारिदिएकोमा गायक कार्की लाइ प्रती हार्दिक आभार ब्यक्त गर्दछु’ साँचिकै यो एउटा सारै सफल, नितान्तै भिन्न ‘गजल लाइभ’ थियो । रेन्वो इभेन्टको आयोजना भएको उक्त कार्यक्रमलाइ क्लेरा वाइन चार्ल्टन, र कन्सोल ट्रावलले समेतले सहयोग उपलब्ध गराएका थिए ।