• भिडियोमा दीपाको दुखेसो ‘दुखाउँदिन मुटु भन्थ्यौ’

    म्यूजिक खबर
    प्रकाशित: २ कार्तिक २०७१, आईतवार

    काठमाडौं, २ कात्तिक । गायिका दीपा पन्तलाई कसले भन्यो होला दुखाउँदिन मुटु तिम्रो ? कसैले नभनेको भएपनि उनले गीतमार्फत गुनासो गरेकी छन्, ‘दुखाउँदिन मुटु भन्थ्यौ’ भन्दै । उनले उक्त गीतको म्युजिक भिडियोसमेत तयार गरेकी छन् । ‘दिलको बदला’ एल्बमको उक्त गीतको भिडियोलाई राजकुमारले निर्देशन गरेका हुन् । ‘तिमीलाई म कति माया गर्छु’ बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा चिनिएकी दीपाको ‘कालो गाजल’ श्रोताले निकै रुचाएको थियो । हिजोआज पनि उक्त गीत चर्चामै छ । यसैबेला दीपाले ‘दुखाउँदिन मुट भन्थ्यौ’ भन्दै म्युजिक भिडियोमार्फत श्रोता÷दर्शकसमक्ष आएकी हुन् ।
    अहिले आफ्नो नयाँ एल्बमको तयारी गरिरहेकी दीपा भन्छिन्, ‘पुरानै एल्बमको गीतको भिडियो बनाएकी हुँ ।’ उनले आफ्नो नयाँ एल्बमको लागि एउटा ‘डान्सिङ सङ’ समेत तयार गरेकी छन् । ‘मेलापात नाची हिड्ने’ बोलको उक्त गीतको समेत म्यजिक भिडियो बनाउने तयारीमा रहेकी दीपाको यो म्युजिक भिडियो हेर्नुस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु