• भ्यालेन्टाइन डेमा लभ बर्डस्

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०७१, बुधबार

    काठमाडौं । निर्देशक सुरेश दर्पण पोखरेलले भ्यालेन्टाईन्स् डे को अबसर पारेर नयाँ चलचित्र लभ बर्डस्को घोषणा गरेका छन् । मोड्लिङको दुनियामा निकै रुचाईएका अनुहार पल शाह र बर्षा राउतलाई चलचित्रमा डेब्यू गराउँदै दर्पणले नयाँ चलचित्रको घोषणा गरेका हुन् ।
    पूर्ण रुपमा लभस्टोरी जनरमा बन्ने यस चलचित्रमा सलोन बस्नेत र उत्सव फिल्मबाट डेब्यू गरेका अर्का चकलेटी हिरो सञ्जोग कोइराला पनि प्यारालल भूमिकामा रहने छन् ।
    बैशाख देखि फ्लोरमा जाने ‘लभ बर्डस्’ को अधिकांश सुटिङ पोखरा र चितवनमा हुने छ । थ्री लर्भस निर्देशन गरेको झण्डै दुई बर्षपछि निर्देशनमा फर्किएका दर्पणले आफ्नो करिअरको दोश्रो ईनिङका रुपमा यस चलचित्रलाई लिएका छन् ।

    हाल चलचित्र बिकास बोर्डको सदस्य पदमा र फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका सिईओ समेत रहेका उनले केही महिना देखि अनमोल केसीलाई आफ्नो फिल्ममा अनुबन्ध गराउने प्रयाश गरेका थिए । अनमोलले अझै ८ महिना कुर्न भनेपछि उनको प्रयास असफल बनेको हो । ‘लभ बर्डस्’ को कथा र संगीत गायक शोभित बस्यालले तयार गरेका हुन । चलचित्रमा परिचय नेपाल नामक कम्पनीको लगानी रहने भएको छ भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय कार्यकारी निर्माता रहने भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु