• मनिषा कोइराला पनि गायिका !

    म्यूजिक खबर
    प्रकाशित: १३ फाल्गुन २०७२, बिहीबार

    पछिल्लो समयमा बलिउडका चर्चित अनि लोकप्रिय नायिकाहरुमा गायिका बन्ने लहड चलेको पाइएको छ । नायिका प्रियंका चोपडाले आफ्नो जादुमयी स्वर सजाएर गीत गाएर नायिका मात्र नभै कुशल गायिका पनि भएको चर्चा सेलाउन पाएको छैन । बलिउडमा एकताका एकछत्र राज गर्न सफल लोकप्रिय नायिका मनिषा कोइरालाले पनि नायिकासँगै गायिकाको पनि परिचय बनाएकी छिन् ।
    हाल बलिउडमा कमव्याकको तयारीमा रहेकी नेपाली चेली मनिषाले बप्पी लहरीको संगीतमा गीत गाएकी छिन् । संगीतकार लहरीले ट्विट मार्फत मनिषाको स्वरको खुलेरै प्रशंसा गरेका छन् । वप्पीले फेसबुकमा तस्बिर शेयर गर्दै लेखेका छन् ‘‘हामीले रुचाइएकी मनिषा कोइराला ।’ मनिषाले पनि ट्विटरमा आफूले फ्यानका लागि गीत गाउने कोशिश गरेको भन्दै ट्विट गरेकी छिन् । वप्पी लहरीसँग आफूले गीत गाउने कोशिश गरेको भन्दै मनिषाले खुशी व्यक्त गरेकी छिन् ।

    manisha

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु