• मिस मंगोलको सातौं संस्करण सुरु

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७१, आईतवार

    काठमाडौं ः नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करण सुरु भएको छ। प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन। नेपालमा पहिलो पटक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिन थालेको प्रतियोगीतामा यसवर्ष विजेतालाई स्कुरसहित उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ। त्यसैगरी फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ। प्रतियोगीतका लागि चैत १३ गतेभित्रमा आवेदन फारम भरीसक्ने पर्ने आयोजकले जनाएको छ।
    प्रतियोगीतामा यसवर्षदेखी सर्टकट इन्ट्रीमार्फत मिस ट्यालेन्ट विजेता र एसएमएस भोटिङमा सबभन्दा धेरै भोट प्राप्त गर्ने प्रतियोगीले उन्कष्ठ १५ मा सिधै प्रवेश पाउने छन। विश्व सौन्दर्य प्रतियोगितामा प्रचलित यो विधी प्रतिभावान प्रतियोगीका लागि सार्थक हुने विश्वास गरिएको छ। अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् ।
    आफ्नो मौलिक कला र संस्कृती प्रवद्र्धनका लागि जातीय सौन्दर्य प्रतियोगीताको लहर चलेका बेला मिस मंगोल नेपाल समस्त आदीवादी जनजातीका प्रतिभावान युवतीका लागि साझा प्लेटफर्म सावित भएको छ । विभिन्न जातीय सौन्दर्य प्रतियोगीताका विजेतालाई विना अडिसन सहभागी गराइने आयोजक एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङले जानकारी दिएकी छन् ।
    मिस मंगोलको यो सातौं संस्करण हो। यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधी चुमिसकेका छन् । मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा आगामी बैसाख २६ गते राजधानीमा हुनेछ ।

    नेपालमा पहिलो पटक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिन थालेको मिस मंगोल नेपालले यसवर्ष विजेतालाई स्कुरसहित उच्च शिक्षाका लागि छात्रवृत्ति, फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु