• यूएईको दुर्घटनामा तामाङ नायिकाको मृत्यु

    म्यूजिक खबर
    प्रकाशित: १३ कार्तिक २०७१, बिहीबार

    यूएई । प्रशस्त तामाङ भाषाको चलचित्रमा अभिनय गरेकी किशा थोकरको यूएईमा भएको दुर्घट्नामा परि निधन भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा यूइईमा पुगेकी किशाको मंगलबार सवारी दुर्घट्नामा परि निधन भएको हो ।
    काभ्रे जिल्लाको शिखर अम्बोटेमा जन्मिएकी किशाले २०६७ सालबाट तामाङ चलचित्रमा डेब्यु गरेकी थिइन् । आले च्याङबा (भाइ कान्छा) उनको पहिलो चलचित्र हो । त्यसपछि उनले ए बिना ङ सो आखाम (तिमी बिना म बाँच्न सक्दिन), नालिस, तिङला जो लगायत फिल्महरुमा अभिनय गरेकी छन् । त्यस्तै नेपाली चलचित्र ‘जस्ट यु एण्ड मी’मा समेत अभिनय गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु