• यो कथा हो तिम्रो मेरोलाई यू सर्टिफिकेट

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७१, मंगलवार

    काठमाडौं । भाद्र १३ बाट प्रदर्शनमा आउन लागेको चलचित्र यो कथा हो तिम्रो मेरोलाई सेन्सर बोर्डले यू सर्टिफिकेट प्रदान गरेको छ । ओम प्रतीकद्वारा लेखन तथा निर्देशित चलचित्र यो कथा हो तिम्रो मेरो सामाजिक एवं पारिवारिक कथावस्तुमा आधारित रहेको छ । चलचित्रलाई सेन्सर बोर्डले कुनै पनि ठाउँमा कैंची नलगाएको निर्देशक ओम प्रतीकले बताए । द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र तिजका अवसर पारेर आगामी भाद्र १३ बाट रिलिज हुँदैछ ।
    चलचित्रमा सुमन सिंह, रिस्ता बस्नेत र रवि कार्की मुख्य भुमिकामा देखिएका छन् भने गणेश उप्रेती, रुपा राना, ओम प्रतीकलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र सुरेश बज्राचार्यको छायाँकन रहेको छ भने विकास चौधरीको संगीत रहेको छ । चलचित्रको गीतसंगीत यतिबेला डिजिटल प्रविधिलगायत रेडियो, टेलिभिजनमा राम्रो चर्चा पाइरहेको छ । चलचित्रका निर्माता रमेश प्रजापति हुन् भने कार्यकारी निर्मातामा राम बुढाथोकी रहेका छन् । चलचित्रका एसोसिएट्स निर्माताका रुपमा भने अनिल हेक्का रहेका छन् । चलचित्रको कथा भने रमेश कुमार राईको रहेको छ । चलचित्रमा गोविन्द प्रभात, नारायण रिजाल र अनिल कोइरालाको नृत्य रहेको छ ।

    rista_nepal

    yktm

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु