• ‘यो मायाले रुवाउँछ थाहा छ’

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

    चन्द्रमान तामाङ पछिल्लो समयमा उदाउँदो प्रतिभाका रुपमा देखिएका गायक हुन् । नेपाली बेरोजगारीको पीडामा तड्पिँदै आएका उनी प्रवासको मरुभूमिामा बस्दै आएका छन् । मरुभूमिबाट आफ्ना भूमिमा फर्किंदा उनले पनि अरुले जस्तै आफ्नी मायालु खोजे तर भेटाएनन् । प्रवासमा हुँदा घरबासको याद आउँछ, आफ्नै कलासंस्कृतिले उनलाई झझल्काउँछ, स्वामीमानी बनाउँछ तर के गर्नु राष्ट्रियताभित्रको उनको आदर्शले न उनलाई यहाँ राख्न सक्यो न उनकी मायालु उनले नै प्राप्त गर्न सके । एउटा बैरागीको कथाभित्र उनी पनि परेका छन् । मायालु कहाँ छ भन्दै दौडिएका गायक तामाङले नेपाल आएका क्रममा लोकदोहोरी गीत निकाले जसले उनको पहिचान बनाउन सफल भएको छ । मिठास स्वरका धनी गायक चन्द्रमानले डेब्यु गरेको गीत नै सफलताको श्रेणीमा छ ।

    घरदेखि मानिस जति टाढा हुन्छ उति नै पीडामा तड्पिन्छ । उसलाई घर परिवारको यादले सताउँछ, आफ्नो बालसखाको याद दिलाउँछ अनि प्रेमभित्र परेका जोडीहरुभित्रको सामिप्यतालाई टाढा बनाउँछ । त्यो श्रृंखलामा गायक चन्द्रमान पनि परेका छन् ।

    chandraman tamang
    चन्द्रमान तामाङ र देवी घर्तीको स्वरमा रहेको गीत ‘मायालु कहाँ छ’ लाई विरही कार्कीले लेखेका हुन् । कार्कीकै शब्द संगीतमा रहेको यस गीतलाई सुनखानी म्यूजिकले बजार प्रबद्र्धन गरेको हो । शंकर बिसीको निर्देशन रहेको म्यूजिक भिडियोमा महेन्द्र गौतम र सुष्मा अधिकारीको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको मायालु कहाँ छको म्यूजिक भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

     

    malaylu

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु