• रचना रिमालको ‘सिठ्ठी बजाउँछु ’ मा सोम र सलिना को रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७७, शनिबार

    काठमाण्डौं
    पछिल्लो समय अत्याधिक चर्चामा रहेकी गायिका रचना रिमालको आवाजमा अर्को गीत ‘सिठ्ठी बजाउँछु ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    उनको आवाजमा दैनिकजसो गीत रेकर्डिङ तथा सार्बजनिक हुने क्रम बढिरहेको छ । हालै सार्बजनिक भएको गीतमा गायक मनिराज काफले र रचना रिमालले स्वर रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ बोलको गीतमा विनोद थापाको शब्द तथा विनोद थापा र मनिराज काफलेको संगीत सुन्न सकिन्छ ।

    बासु न्यौपानेको छायाँकन , सुमन तामाङको सम्पादन तथा रेशम फिरिरिको निर्देशन एवम राहुल विरहीको कोरियोग्राफी रहेको छ । ‘सिठ्ठी बजाउँछु ’ गीतको भिडीयोलाई रमाईलो र आकर्षक शैलिमा निर्माण गरिएको छ । गीतमा रेशम फिरिरि , दिपेन्द्र सोनाम , सोमराज तामाङ र सलिना दाहालको फिचरिङ रहेको छ ।

    ‘सिठ्ठी बजाउँछु ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु