• रापती समाज काठमाडौद्वारा भूकम्प पीडितलाई राहत वितरण

    म्यूजिक खबर
    प्रकाशित: ३१ बैशाख २०७२, बिहीबार

    काठमाडौं । गत बैशाख १२ गते देशमा गएको विनाशकारी महाभुकम्पमा परी धेरै नेपालीले ज्यान गुमाए । धेरै नागरिक घरबार विहिन बने । कयौ नागरिक भुकम्प गएको १६ दिन बितिसक्दा पनि बारी तथा खुल्ला चौरमा पालमुनी जीवन बिताउँन बाध्य छन् । उनीहरुलाई बासको मात्रै होइन गाँस र लाज ढाक्ने उकसरो कपडाको पनि उत्तिकै अभाव छ । विभिन्न निकाय तथा सरकारी निकायबाट विभिन्न भुकम्प प्रभावित क्षेत्रमा राहत पुगिरहेका छन् । तर, केही उस्ता विकट ठाउँ छन् त्यहाँ नत सरकारी निकाय पुग्न सकेको छ, नत विभिन्न संघ संस्थाको नै ध्यान गएको देखिन्छ ।
    यस्तै ठाउँ मध्यको एउटा ठाउँ हो काभ्रेको बिर्ता देउराली । जहाँ सरकारी निकाय पनि राहत बोकेर पुग्न सकेन । २ पटकसम्म हेलिकप्टरबाट राहत खसालियो । सक्नेले पाए, नसक्ने अरुले लिएका राहत हेरेर नै मन बुझाउन बाध्य भए । राजधानीबाट दुरीमा रहेको तर विकट भएकै कारण कुनै निकाय पुग्न नसकिरहेका बेला रापती समाज काठमाडौंले सोहि स्थानमा पुगेर त्यहाँका सबै पीडित नागरिकलाई समान हिसावले राहत वितरण गरेको छ ।

    7
    महाभुकम्पमा परी घरबार विहिन र घाईतेह भएका सम्पूर्ण नेपालीको चहराईरहेको घाउँमा मलम लगाउने प्रयास स्वरुप बैशाख २५ गते रापती समाज काठमाडौंले काभ्रे जिल्ला विर्ता देउरालीमा पुगी, गा.वि.स.का १५० घर धुरीका पीडितलाई राहत वितरण गर्ने क्रममाः महिलाहरुको लागि सारी कपडा, पुरुषहरुका लागि टिर्शट हाफ पेन्ट बालबालिकाहरुलाई उनीहरु सुहाउँदा कपडा वितरण गरेको छ । यस्तै उनीहरुलाई एक दिनका लागि खाद्यन्य समेत वितरण गरेको छ । समाजकि सह–कोषाध्यक्षको संयोजनमा स्पेनमा स्थायी बसोबास गर्दै आएका दाङ शुनपुरका नादिया क्यारी यल र बसन्त पार्देको आर्थिक सहयोगमा सो स्थानमा राहत वितरण गरिएको थियो ।
    त्यहाँका अशक्त नागरिकले समाज आफै उपस्थित भएर सबैलाई समान रुपमा राहत वितरण गरेको खुशी ब्यक्त गरेका छन् । उनीहरुको राहत भन्दा पनि बास पुर्ननिर्माणका लागि सरकारसँग आग्रह गरिदिन अनुरोध गरेका थिए ।

    5
    यस्तै समाजले दोस्रो चरणको राहत वितरण अन्तर्गगत गोर्खाको बुङ्कोट गाविसमा पुगेर राहत वितरण गरेको छ । समाजका अध्यक्ष शशि शर्मा मजगैंयाको संयोजकत्वमा अमेरिकामा बस्ने सुवास अधिकारी र सुनिता अधिकारीको आर्थिक सहयोगमा त्यहाँका जम्मा ८० घरधुरीका नागरिकलाई प्रत्यक घर धुरीलाई १० केजी चामल, ५ केजी पिठो, १ केजी दाल, १ केजी चिनी, १ केजी गेडागुडि, १ लिटर तेल, एक पाकेट चियापत्ति, एउटा कम्बललगायतको राहत वितरण गरिएको थियो ।
    रापती क्षेत्रका ५ जिल्ला मिलेर गठन गरिएको रापती समाज काठमाडौंले विभिन्न समय यस्तै सेवा र उद्धारका काम गर्दै आएको छ । समाजका अध्यक्ष मजगैंयाले गार्खा अथवा देशका अन्य कुनै पनि क्षेत्र दुखिरहेका बेला रापती सञ्चै भए पनि रमेर बस्न नसक्ने बताउँदै आफूले सबै काम छाडेर राहत वितरणका लागि जुटेका बताएका छन् । समाजकी उपाध्यक्ष सिमा पुरीले विदेशमा बसेर पनि देश दुखेका बेला उद्धार हृदयले सहयोग गर्ने दाताहरुलाई समाजका तर्फबाट विशेष आभार प्रकट गरेकी छन् ।
    राहत वितरण कार्यक्रममा सुवास के.सी., महासचिव टीका भण्डारी, सह कोषाधयक्ष, सिमा पुरी चर्चित लोक गायक तथा रापती समाज काठमाडौंका आजिवन सदस्य भागरिथ चलाउने, गायिका तथा मोडल, सिर्जु अधिकारी, फोटोग्राफर अर्पण केसी, राजन पुरी लगायतको उपस्थिती रहेको थियो । समाजले अन्य चरणमा प्रभावित अन्य क्षेत्रमा पनि राहत वितरण गर्दै जाने जनाएको छ ।

    6 3 2

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु