• रिमाको मायामा हिमाल सागर, भन्छन् – ‘पर्खिन गाह्रो भो तिम्लाई भेट्न नै सारो भो’ ! हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १४ चैत्र २०७४, बुधबार

    १४ चैत, काठमाडौं । चर्चित गायक हिमाल सागरको नयाँ गीत रिलिज भएको छ । प्रेमका शब्दहरुले भरिएको ‘पर्खिनै गाह्रो भो’ बोलको गीत आज युट्युव मार्फत सार्बजनिक गरिएको हो ।

    यस गीतमा आफूले माया गरेको मानिस केही समयका लागि आफूबाट टाढा जाँदा हुने पीडालाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।

    उक्त गीतमा सामु उप्रेतीको शब्द रहेको छ भने गायक हिमाल सागरले संगीत भरेका छन् । यस गीतमा सागरले नै आवाज दिएका छन् भने राज पाण्डेको संगीत संयोजन रहेको छ ।

    यस गीतको म्यूजिक भिडियोमा गायक हिमाल सागर र नायिका रिमा विश्कर्माको अभिनय रहेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईले सम्पादन गरेका छन् ।

    माया प्रेमको भावलाई उजागर गर्न खोजिएको उक्त गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु