२७ महिनापछि लोकराज, प्रमोद र सुरेशको दरार

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७२, सोमबार

सञ्चारकर्मी एवं गीतकार लोकराज अधिकारी, गायक प्रमोद खरेल र संगीतकार सुरेश अधिकारी यतिखेर दरारमा परेका छन् । गायक, संगीतकार र गीतकारको बीचको यो दरार टाढा भाकै राम्रो । गीतकार अधिकारीको दोस्रो एकल गीति सग्र्रह दरार‘टाढा भाकै राम्रोको गीत रेकर्डको २७ महिनापछि सार्वजनिक भएको छ ।

एल्वमका संगीतकार एवं सङ्गीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार एवं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली, सङ्गीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्वजनिक गरेको हो ।

lokraj adhikari
एल्बममा गायक प्रमोद खरेल तथा गायिका सबिना भट्टराईको स्वर समावेश छ । सरगम सञ्चार नेपाल प्राली युएसखवर अनलाइनको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले एल्वमको गीत उत्कृष्ट रहेको भन्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा आमन्त्रित सबैलाई प्रमुख अतिथि बनाइएको थियो ।

कार्यक्रममा बोल्दै चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सङ्गीत उद्योग संघका पूर्व अध्यक्ष भगवानकुमार श्रेष्ठ, सङ्गीत उत्पादक समाजका सचिव परशुराम रिजाल, रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी दिवाकर शर्माले पनि एल्वमको गीत उत्कृष्ट बनाउन रचनाकार, संगीतकार र गायक गायिकाले मेहनत गरेको प्रस्ट देखिएको प्रतिक्रिया दिएका थिए । त्यस्तै कार्यक्रममा पत्रकार डा.नवराज लम्सालले आउने फागुन पहिलो सातादेखि रेडियो नेपालमा साप्ताहिक रूपमा स्रष्टा अधिकारका बारे रेडियो कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने घोषणा गरेका थिए भने भाइब्स क्रियशनका प्रबन्ध निर्देशक परशुराम रिजालले गीतकार लोकराज अधिकारी र संगीतकार सुरेश अधिकारीका लागि आउदो गीतमा आफूले लगानी गर्ने घोषणा गर्दै सार्वजनिक गरिएको दरारलाई एक महिनासम्म कान्पिुर टेलिभिजनमा आफूले निःशुल्क प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

darar - sabita pokharel
चर्चित संगीतकार महेश खडकाले सहजिकरण गरेको उक्त कार्यक्रममा पत्रकार राधिका अधिकारी, सबिता पोख्रेल, गीतकार संघका सचिव राम भट्टराई, सदस्य वसन्त बित्यासी थापा, सङ्गीत अनुरागी तथा मञ्जुश्री स्टुडियोका सल्लाहकार मोहनबीर तुलाधर, चलचित्रकर्मी आश्मा पाण्डे, गायक अर्जुन दुलाल लगायतको उपस्थिति थियो । गीतकार अधिकारीले आफ्नो विवाहको १८ औं वार्षिक उत्सवको अवसर पारेर यो एल्बम सार्वजनिक गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु