• सडक बालबालिकाको यथार्थ आवारा

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७१, बुधबार

    काठमाडौं । सडक बालवालिकाको दिनचर्या र जीवन भोगाइको उत्तार चढाव एव यर्थाथतालाई मूल विषयवस्तु बनाइएको चलचित्र ‘आवारा’को सोमवार राजधानीको कोटेश्वर महादेव स्थानमा शुभमूहर्त कार्य सम्पन्न भयो । रुकु फिल्मसका लागि राजेश ढुङ्गाना प्रस्तुतकर्ता रहेको चलचित्र आवाराका निर्मातामा  उग्रसेन ढुङ्गाना, झमक लामा, रहेका छन् । दिनेश पौडेलको निर्देशन रहने आवारामा राजेश ढुङ्गाना, हर्षिका श्रेष्ठ, राजेन्द्र वस्नेत, सन्ध्या महर्जन, लोकेन्द्र ओली, रविन लामा, रोहित जोशी, उमेश खड्का, सुजना ढकाल, नमिता खड्का, जानु अर्याल आदिको अभिनय रहने छ । ओम सुनारको संगीत, हिमाल केसीको व्दन्व्द, कविराजको नृत्य रहने आवाराको मुर्हतसर्ट नायक राजेश ढुङ्गाना र हर्षिका श्रेष्ठले दिएका थिए भने सोमबारबाटै आवाराको छायाँकन शुरु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु