• सत्ताको राजनीतिभित्र नागरिक

    म्यूजिक खबर
    प्रकाशित: १७ कार्तिक २०७२, मंगलवार

    काठमाडौं । नेपालमा जहिले पनि सत्ताको निम्ति राजनीति भइरहेको कुरालाई केन्द्रमा राखेर बनाईको चलचित्र ‘नागरिक’ तिहारमा दर्शकमाझ आउन लागेको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक विमल पौडेलले चलचित्रले २००७ सालदेखि अहिलेसम्मको परिवर्तनबाट सोचेको सफलता नपाएको र राष्ट्रियताको पक्षलाई उजागर गरेको बताएका छन् । राजनीति नै देशको सबै समस्याको कारण भएकोले यसैलाई केन्द्रमा राखेर चलचित्र बनाएको उनको भनाइ थियो।

    पौडेलका राजनीतिक विषयमा बनेका चलचित्र ुजनयुद्धु र ुकिसानु चलचित्रमा २००७ सालपछिको राजनीतिक क्रियाकलापलाई समेटिएको उनले बताए। चलचित्रका कलाकार रमेश बुढाथोकीले आफूले राजनीतिक नेताको थुप्रै भूमिका निर्वाह गरेको भए पनि यो चलचित्रको भूमिका फरक रहेको बताए। उनले नागरिक चलचित्र आफूले धेरै आशा गरेको चलचित्रसमेत भएको बताएका थिए ।

    Nagarik5_movie
    राजनीतिभित्रको आदर्श, स्वार्थ र नेताको मनोवैज्ञानिक द्वन्द्व समेटिएकोले चलचित्र राम्रो बनेको उनको दाबी थियो। अभिनेत्री सरिता गिरीले देशको उच्च तहमा महिला पुगेको बेला यो चलचित्र सान्दर्भिक भएको बताइन्। चलचित्रमा नेतृको भूमिकामा रहेकी सरिताले भनिन्, ‘राजनीतिमा सधैं महिला पछि परेको कुरा गरिन्छ, यो चलचित्रमा महिलालाई राजनीतिमा कसरी यूज गरिएको छ भन्ने कुरा हेर्नु जरुरी भएको बताइन् ।

    श्रीवन राजभण्डारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता सत्यराज चौलागाईं छन्। चलचित्रमा सरिता र रमेशको साथमा पुराना अभिनेता विश्व बस्नेतको पनि अभिनय छ। यस्तै अनु शाह, गणेश उप्रेती, राहुल केसी, मोहन श्रेष्ठलगायतले पनि चलचित्रमा अभिनय गरेका छन्।

    nagarik-bijya

    चलचित्रमा लक्ष्मण शेषको संगीत छ भने पुष्प आचार्यले गीत लेखेका छन्। यसअघि नकारात्मक भूमिकाको अभिनयमा चिनिएका मोहन श्रेष्ठले यो चलचित्रमा आफ्नो फरक किसिमको भूमिकामा रहेको बताए।  उपत्यकाका डेढ दर्जन र उपत्यका बाहिरका दुई दर्जन हलमा आगामी शुक्रबारदेखि चलचित्र प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु