• टेको सन्ध्यामा किन रोए अनुरागी

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७२, शुक्रबार

    बिहिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीतकार विवि अनुरागीको टेको सन्ध्या एकल साझँ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा उपस्थित आजन्तुकलाई पञ्चेबाजाले स्वागत गरिएको थियो । प्रज्ञा हलको बाहिर पञ्चे बाजाले स्वागत गरिरहदा भित्र भने संगीतकार विवि अनुरागी मञ्चमा आमा भन्दै भक्कानिएर रुदै प्रस्तुत भएका थिए । नेपाली कलासंगम र निर्भाना कला केन्द्रले आयोजना गरेको उक्त टेको सन्ध्या कार्यक्रममा प्रस्तुत भएका अनुरागीले कार्यक्रमको सुभारम्भमा आमालाई समर्पण गर्दै गीत गाउँदा भक्कानिएका थिए। अनुरागीसंगै उनकी वहिनी स्वरुपाले पनि उनलाई साथ दिएकी थिइन् । कार्यक्रममा उनकी आमा पनि सहभागी भएकी थिईन् ।

    hqdefault
    भुकम्पबाट क्षतीग्रस्त धादिङलगायत केहि जिल्लामा ढलेका विद्यालयका टेको उठाउने हेतुका साथ आयोजना गरिएको टेको सन्ध्यामा संगीतकार अनुरागीले संगीत गरेका गीतहरुमा विभिन्न गायक गायिकाहरुले पनि प्रस्तुत दिएका थिए । बाक्लो दर्शकहरुको उपस्थितीमा वाध्यबादन सहित भएको उक्त कार्यक्रममा अनुरागीले आफ्नै आवाजमा आमा, स्वदेशगानलगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

    bb solo

    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु