• सबिन र अनुको रोमान्समा ‘काउसो’

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०७४, सोमबार

    बैशाख ४, काठमाडौं । मदन घिमिरेको निर्देशनमा चलचित्र ‘काउसो’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत गरिएको छ ।  बिभिन्न क्षेत्रका ब्याक्तिहरु उपस्थित रहेको कार्यक्रममा कलाकार सविन श्रेष्ठ, पुष्कर राउत, सुरेन्द्र चापागाई, अनु पराजुली लगायतका कलाकारले चलचित्र भित्र रहेने एक दृश्य अभिनय मार्फत दर्शाउदै मुर्हत सर्ट दिए ।

    k3
    मुर्हतमा पत्रकार सानुकाजी श्रेष्ठले क्ल्याप पड्काउदा राजन घिमिरेले नरिवल फुटाए । सटको निर्देशन प्रदिप तिमल्सिनाले गरेका थिए ।
    अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको ‘काउसो’ यही १५ गतेबाट फ्लोरमा जानेछ । सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाई, पुष्कर राउत, रोहिणी मिश्र, रामचन्द्र अधिकारी, रामभक्त श्रेष्ठ, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी लगायतको अभिनय चलचित्रमा रहनेछ ।

    k4
    ‘काउसो‘का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने निर्माता भगवान खत्री रहेका छन् । चलचित्रमा पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, नृत्य हरिष खनाल, छायाँकन रामेश्वर हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु